काठमाडौँ- कोरोना भाइरसको संक्रमण तीव्र हुँदै निरसरकारले होटल छिर्दा अनिवार्य रुपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को आइतबारको बैठकले कोरोना संक्रमण तीव्र हुँदै गएसँगै होटल छिर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको हो।
प्रवक्ता सुनिता नेपालका अनुसार सिसिएमसी बैठकले आइतबार नै देशभरिका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ भने सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ।