डिजिटल वालेट : एक वर्षमा ३० लाख प्रयोगकर्ता थपिए, कस्तो छ सुरक्षा सुनिश्चितता ?

– २०७८ पुष २७

ग्लोबल आर्थिक

नेपालमा विगत एक वर्षयता झन्डै ३० लाख प्रयोगकर्ताहरू थपिएर यतिखेर ९२ लाख जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको बताइन्छ। यो अवस्थामा सुरक्षासम्बन्धी चुनौतीहरू टड्कारो रूपमा आएको विज्ञहरूले औँल्याएका छन्।

गतवर्ष साउन महिनामा क्यूआर कोडमार्फत् ५८ करोड रुपैयाँ जतिको कारोबार भएकोमा यस वर्षको साउनमा पाँच अर्ब रुपैयाँ नाघेको विवरण राष्ट्र बैंकले दिएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्, “डिजिटल प्लेटफर्ममा हुने वित्तीय सेवाको सुरक्षाका लागि अन्तर्राष्ट्रिय मान्यताकै आधारमा सुरक्षा सुनिश्चितता गर्नुका साथै त्यसको निगरानी गर्ने गरिएको छ। तैपनि यो प्रयोगकर्ताहरू स्वयं समेत सजग हुनुपर्ने क्षेत्र हो।”

नेपालमा नगदरहित डिजिटल भुक्तानीमा कर्पोरेट तहमा अर्थात् ठूलो रकमको कारोबार हुने रीयलटाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) देखि प्रिपेड भुक्तानी कार्ड र ससाना भुक्तानी हुने वालेटसम्म छन्।

भुवन कँडेल भन्छन्, “यसै वर्षको साउनमा एकै महिनामा वालेटतर्फ १४ अर्ब रुपैयाँ र आरटीजीएस २१ खर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको विवरण छ।”

प्रवृत्ति

२ महिना अघि नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले “नमस्ते पे” वालेट सुरु गरेसँगै डिजिटल कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाबाहेक भुक्तानी सेवा प्रदायकको सङ्ख्या २८ पुगेको छ। अहिले दर्जनौँ बैंकले आआफ्नै मोबाइल एप अनि चारवटा बैंकले छुट्टै वालेट सञ्चालन गरेका छन्।

“यसले मानिसहरूले डिजिटल भुक्तानी गर्ने प्रवृत्ति बढाएको छ। र, भविष्यमा त्यो झन् द्रुत गतिमा फैलिने निश्चित छ,” राष्ट्र बैंकका कँडेल भन्छन्।

“जसमा बढेको निर्भरतालाई हेरेरै वालेटमा हामीले दैनिक २५ हजार रुपैयाँको सीमालाई ५० हजार पुर्‍याएका छौँ। केही महँगा हवाईजहाजका टिकटदेखि बीमा प्रिमियम तिर्न पुग्ने जसरी आवश्यकता महसुस हुँदै जाँदा त्यस्तो दायरा बढाइएको हो।”

कोरोनाभाइरस महामारी सुरु भएपछि लागू गरिएका दूरीसम्बन्धी प्रतिबन्धका कारण मोबाइल बैंकिङका प्रयोगकर्ताहरू बढेको बताइन्छ।

सुरक्षा चुनौती कस्तो ?

डिजिटल कारोबार गर्ने सजिलो तरिका भएकाले मानिसहरूलाई झुक्याउन सक्ने जोखिम उच्च रहने नियामक अधिकारी तथा विज्ञहरूको मत पाइन्छ।

सामाजिक सञ्जालमा मिथ्या विज्ञापन फैलाएर पैसा लिएर सामान नदिनेदेखि बैंककै मानिसहरू भनेर गोप्य विवरणहरू माग्ने र त्यसलाई प्रयोग गरेर रकम अपचलन गर्ने प्रवृत्ति पछिल्लो समय धेरै देखिएको बताइन्छ।

बैंकिङ भुक्तानी सुरक्षा प्रणालीको अनुभव भएका एक विज्ञ समन्त आचार्य त्यसको सुरक्षा “स्वचालित प्रणाली र मानिसहरूको उत्तिकै क्रियाशीलतामा” हुनुपर्ने बताउँछन्।

“भुक्तानी सेवा प्रदायकदेखि छलकर्ताको पहिचान गर्नका लागि इन्टरनेट-टेलिफोन सञ्चालकदेखि प्रहरीसम्मको एकीकृत प्रयास नभएसम्म यो नियमन गर्न निकै कठिन हुन्छ,” उनी भन्छन्।

“सानोतिनो रकममा ठगियो भने धेरै उजुरी हुँदैनन् तर प्रणालीका कमजोरीहरू त्यस्तै घटनामा देखिँदै जान्छन्। अनि छलकर्ताहरूले त्यसमै टेकेर दुरुपयोग गर्छन्।”बीबीसीकाे सहयाेगमा

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%