एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेको छ। यसअघि निर्वाचन आयोगले ४ जेठमा चुनाव घोषणा गर्न सरकारलाई परामर्श दिएको थियो।
त्यसयता, आज भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा केन्द्रीय सचिवालय बैठक राखेर एमालेले ४ जेठमै निर्वाचन गर्न माग गरेको हो। स्थानीय तहको मिति भोलि बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। त्यस्तै, एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ।