प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई ७% बोनस शेयर लाभांश दिने भएको छ। संचालक समीतिको मिति २०७८ साल माघ २४ गते अपरान्ह ४:०० बजे बसेको २२४औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
इन्स्योरेन्सले चुक्ता पूँजी रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० को ७% बराबरले बोनस शेयर र त्यसमा लाग्ने कर प्रायोजनका लागि ०.३६८% को नगद लाभांश दिने भएको छ।
संचालक समितिबाट घोषणा भएको उक्त लाभांश बिमा समितिबाट स्वीकृत भएपश्च्यात वार्षिक साधारण सभाको छलफलमा समावेश गरिनेछ। सो लाभांश साधारण सभाबाट पारीत भएपश्च्यात मात्र योग्य शेयरधनीले पाउने छ।