नेको इन्स्योरेन्सको खुद नाफामा ४३% को गिरावट

– २०७८ फाल्गुन १

ग्लोबल आर्थिक

निर्जीवन बीमा व्यवसाय गर्ने नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१५.०२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ४३.१०% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४०.०८ बाट घटेर रु.१९.७५ कायम हुन आएको छ।

लगानी तथा कर्जा वापत आयमा सामान्य वृद्धि आए पनि कुल आयमा उच्च ४०.७५% को गिरावट आएकोले कम्पनीको खुद नाफा घटेको हो।

रु.१.५२ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा कोष १६.७२% ले घटेर रु.५३.५६ करोड कायम हुन आएको छ। यस्तै, बीमा कोष बढेर रु.१.१७ कायम भएको छ भने कुल शेयरधनीकोषमा रु.३.३० अर्ब कायम रहेको छ। शेयरधनीकोष अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.६५% बढेको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले प्रति शेयर किताबी मुल्य भने रु.२२९ बाट घटेर रु.२१७.४० कायम हुन आएको छ। हाल बीमा कोष र चुक्ता पूंजीको अनुपात ७७.१९% रहेको छ। बीमा कोष चुक्ता पूंजीको शत प्रतिशत नहुँदा सम्म कम्पनीले खुद नाफाको ५०% रकम यस कोषमा जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ।

समिक्षा अवधिमा इन्स्योरन्सद्वारा जारी गरिएको बीमालेख संख्यामा गिरावट आए पनि बीमाशुल्क संकलन भने बढेको छ। इन्स्योरन्सले यस आर्थिक वर्षमा मात्र १ लाख ६५ हजार २ सय ५६ बिमालेख जारी गरी रु.१.५८ अर्ब आर्जन गरेको छ। जारी गरिएको बीमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१% ले घटेको छ।

 त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.३.४३ अर्ब रहेको कुल लगानी दोश्रो त्रैमाससम्म आईपुग्दा रु.४.३० अर्ब रहेको छ जस मध्य रु.४८.७५ करोड करोड दिर्घकालिन समयको लागि रहेको छ भने बाँकी रु.३.८१ अर्ब अल्पकलिन समयको लागि रहेको छ। कुल लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.३४% ले बढि रहेको हो।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%