ओमानमा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ। ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।
पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका छन्। कुशल तेस्रो ओभरमा ५ रनमा आउट भए।
नेपालको ६ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले १२ रन हुँदा अर्को विकेट गुमाएको हो। दुवै विकेट ओमानका बिलाल खानले लिए।
अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी छन्।
यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।
सोही प्रदर्शन दोहोर्याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।
नेपालको प्लेयिङ सेट
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।