खराब ब्याटिङले पूरा भएन नेपालको विश्वकप सपना..

– २०७८ फाल्गुन १०

ग्लोबल आर्थिक

काठमाडौं। ब्याटिङकै समस्याका कारण विश्वकपको अन्तिम खुड्किलो उक्लनबाट नेपाल असफल भएको छ। छनोटमा सबै खेल जित्ने एक मात्र टिम बनेको नेपालसँग बलियो आत्मविश्वास र उत्कृष्ट बलिङको साथ थियो। यसअघि छनोटको समूह चरणका तीनवटै खेलमा नेपालले शान्दार बलिङ गर्दै विपक्षीलाई १०० रन पूरा गर्न दिएको थिएन।

तर, आजको खेलमा नेपालसामु यूएईले १ सय ७६ रनको चुनौती पेश गर्यो। र, खराब ब्याटिङ गरेको नेपाल १ सय ७ रनमै अलआउट भयो।
सेमिफाइनल खेलमा टस हारेर पहिलो बलिङको निम्तो पाएको नेपालले अपेक्षाकृत बलिङ गर्न सकेन, विशेषगरी नेपालका फास्ट बलरहरूले धेरै रन दिए।

दुई ब्याटर मुहमद वसिम र भी.अरविन्द मात्र चलेपनि यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको ठुलो योगफल तयार पारेको थियो।
दोस्रो ओभरको चौथो बलमा नै जितेन्द्र मुखियाले यूएईका ओपनर चिराग सुरीलाई बोल्ड आउट गरेका थिए। तर ६ रनमै पहिलो विकेट गुमाउँदा पनि यूएईले आक्रमक खेल खेल्ने रणनीति बदलेन।

जितेन्द्रको चौथो ओभरमा यूएईले तीन बाउण्ड्रीको मद्दतले १८ रन जोड्यो। अर्को ओभरमा अभिनास बोहोराले पनि १३ रन खाए। लगत्तै सन्दीपले अर्को ओभरमा पनि १३ रन नै खर्चिदा यूएईले पावर प्लेमा ५८ रनको राम्रो योगफल बनायो।

शुरू तीन ओभरमा १४ रन मात्र जोडेको यूएईले पावर प्लेको बाँकी तीन ओभरमा ४४ रन जोडेको थियो। यूएईका लागि १९ वर्र्षीय अरविन्दले बिष्फोटक ब्याटिङ गरे। उनले मात्र २३ बलमा पाँच चौका तीन छक्काको मद्दतले ४६ रनको योगदान दिएका थिए।

उनले ओपनर मुहमद वासिमसँग मिलेर तेस्रो विकटका लागि ५.५ ओभरमा ६६ रनको साझेदारी गरे। यो साझेदारीले नै यूएईको योगफललाई विशाल बनाउने जगको काम गर्‍‍यो। अरविन्दलाई सन्दीपले आठौं ओभरको तेस्रो बलमा बोल्ड आउट गरेका थिए।

यसपछि बलिङमा कप्तान सन्दीपले एउटा जोखिम लिए। पावर प्लेपछि यूएईका ब्याटरले स्पिनरसँग खुलेर खेल्न नसकेको अवस्थामा सन्दीपले मिडिल ओभरमा फास्ट बलरलाई पठाए, जुन नेपालका लागि घातक साबित भयो।

अभिनास बोहोराले ११ औं ओभरमा १८ रन खाए, यही ओभरमा यूएईले १ सय रन पूरा गर्यो।

अघिल्लो दुई खेलमा जम्न नसकेका अलराउण्डर कुशल मल्लको स्थानमा अर्का युवा अलराउण्डर विवेक यादवलाई टिममा मौका दिइएको थियो। कुशल मल्ल नहुँदा एक स्पिनरको अभाव भयो।

यसपछि खेलमा नेपालले लगातर दुई क्याच लिन सकेन। १२ औं ओभरको पहिलो बलमा मोहमद उसमानको क्याच ज्ञानेन्द्र मल्लले छाडे। त्यस्तै, सन्दीपको १४ औ ओभरको तेस्रो बलमा पनि जितेन्द्रले उसमानको अर्को क्याच ड्रप गरे।

नेपालका लागि यूएईका ओपनर मुहमद सबै भन्दा खतरनाक साबित भए। उनले ४८ बलमा चार चौका र चार छक्को मद्दतले सर्वाधिक ७० रनको योगदान दिए।

तेस्रो विकेटका लागि मोहमद उसमानसँग मिलेर उनले ६४ रनको साझेदारी गरेका थिए। यो साझेदारी नै यूएईको ब्याटिङ सफल हुनुमा मुख्य कडि बन्यो।

११ ओभरमा मात्र दुुई विकेटको नोक्सानीमा १०२ रन बनाएको युएईले तयसपछि बाँकी ९ ओभरमा भने ७३ रनमात्रै बनाउन सक्यो। अभिनासले १७ औं ओभरमा दुई विकेट लिएपछि नेपाल केहि हदसम्म खेलमा फर्किन सफल भएको थियो। अभिनासले क्रिजमा जमिरहेका वासिम र उसमानलाई आउट गरेका थिए।

यसपछि जितेन्द्रको १८ औ ओभरमा पनि नेपालले दुई विकेट झारे। पहिलो बलमा विवेकले उत्कृष्ट डाइभिङ क्याच लिए भने अन्तिम बलमा ज्ञानेन्द्र मल्लले पनि बाउण्ड्रीमा सान्दार क्याच लिए।

यसपछि अर्को ओभरमा अभिनासले पनि एक विकेट लिएपछि यूएई २० ओभरमा १७५ रनमा समेटियो।

ब्याटिङमा निरीह नेपाल

ब्याटिङमा निकै नै खराब प्रदर्शन गर्दा नेपाल ६८ रनको फराकिलो अन्तरले पराजित भयो। ओमान टुरमा जानुअघि यो पटक नेपालको ब्याटिङलाई बलियो मानिएको थियो। तर, यो पटक ब्याटिङले नै साथ नदिएपछि नेपालको सपना चकनाचुर भयो।

आक्रमक खेल खेल्ने लोभमा नेपालका युवा ब्याटरहरु सम्हालिएर ब्याटिङ गर्नबाट चुके। १७६ रनको ठूलो लक्ष्य पछ्याएको नेपालको सुरुआत निकै खराब भयो। नेपालले पहिलो ओभरमा नै तीन रनमा लगातार दुई विकेट गुमायो। खराब फर्ममा रहोक ओपनर आसिफ शेख पहिलो ओभरको चौथो बलमा नै एलबीडब्लू धरापमा पर्दै डकआउट भए।

त्यसपछिलगत्तै अर्को बलमा लोकेश बम पहिलो बलमा नै लामो सट खेल्न खोज्दा शुन्य रनमा नै क्याच आउट भए। आक्रमक ब्याटिङ गर्ने लोकेश बमलाई तेस्रो नम्बरमा ब्याटिङमा पठाउनु नै गल्ती थियो। किनकी, यतिबेला नेपाललाई सम्हालिएर खेल्ने ज्ञानेन्द्र मल्ल वा दिपेन्द्र सिंह ऐरीको आवश्यकता थियो।

यसपछि नेपालसामु सम्हाालिएर ब्याटिङ गरेर विकेट पनि जोगाउनु थियो भने १७५ को ठूलो लक्ष्य पूरा गर्न प्रतिओभरमा झन्डै ९ रन पनि जोड्नु थियो। नेपाली इनिङ दबाबमा आउनु स्वाभाविकै थियो। र, दबाबमा नेपालले राम्रो खेल्न सकेन।

आशा गरिएका अर्का ओपनर कुशल मल्ल पनि तेस्रो ओभरमा पेभोलियन फर्किए, उनले ७ रनमात्रै बनाए। आठौ ओभरमा ११ रनमा आरिफ शेख आउट हुँदा नेपालले चार विकेट गुमाइसकेको थियो, यतिबेला नेपालले ५० रनमात्रै जोड्न सकेको थियो।

यसपछि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले नेपाललाई बचाउने हरसंभव प्रयास गरेका थिए। तर १३ औं ओभरमा अहमद राजाले लगातार दुई विकेट लिर्द यी दुबैलाई आउट गरे, यही बिन्दूमा खेल नेपालको हातबाट फुस्कियो।

दीपेन्द्रले ३८ बलमा ३८ रन र ज्ञानेन्द्रले १६ बलमा २० रन जोडेका थिए। यसपछि नेपालका अन्य कुनै पनि ब्याटर चल्न सकेनन्। सन्दीप लामिछाने चार, विवेक यादव आठ, कमल ऐरी चार जितेन्द्र मुखिया पाँच रनमा आउट भए। र अन्तिम आठ बल खेल्नु अगावै नेपाल १०७ रनमा अलआउट भयो। नेपालका आठ ब्याटरले दोहोरो रनसंख्या छुन सकेनन्।

यो हारसँगै आठ वर्षपछि फेरी विश्वकप खेल्ने नेपालको सपनामा पूर्णविराम लागेको थियो। सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुराएका प्रशिक्षक पुबुदुको लक फ्याक्टरले पनि यो पटक नेपालको भाग्य बदल्न काम गरेन।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%