युक्रेनमा आकाश, समुद्र र जमिनमुनिबाट आक्रमण गर्दै रूस

– २०७८ फाल्गुन २३

ग्लोबल आर्थिक

एजेन्सी। रूसी सेनाले सोमबार युक्रेनका शहरहरूमा हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।

निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानाबाट १५ लाखभन्दा बढी नागरिक शरणार्थीका रूपमा बाहिएका छन्। धेरै विस्थापित भएका छन्, रूसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन्। उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रूसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन। वासिङ्गटनले अब यूरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ।

टोकियो र हङकङका बजार ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ।  शहरहरूमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेनविरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ। रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन्। महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ।

रूसको इन्टरफ्याक्सले रूस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको शहर लुगान्स्कमा सोमबार बिहान एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ। युक्रेनको खार्किभ एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रूसतर्फबाट भएको आक्रमणमा भवनहरू ध्वस्त हुनुको साथै कैयौँ व्यक्तिको ज्यान गएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनास र मृत्युको संख्याको बिरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनाले जानीजानी हत्या गरिरहेको आरोप लगाएका छन्। ‘हामी माफ गर्दैनौं, भुल्ने छैनौं, हामी हाम्रो भूमिमा यो युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौं,’ उनले भनेका छन्। उनले यो पृथ्वीमा चिहानबाहेक कुनै शान्त ठाउँ नहुने बताएका छन्।

१२ दिनदेखि जारी युद्धमा सयौं सर्वसाधारण मारिएका छन्, हजारौं हताहत भएका छन्। संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि यूरोपको सबैभन्दा द्रूत रूपमा बढ्दो शरणार्थी संकट देखिएको जनाएको छ। युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् र उनीहरू शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन्।

दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। मानव पीडाको विनाशकारी दृश्यहहरू देखिएको छ। शहर छोड्ने एक परिवारले गर्मी वा बिजुली बिना एक हप्ता बिताएको र खाना र पानीको अभाव भएको वर्णन गरेका छन्। ‘सडकमा हामीले जताततै शवहरू देख्यौं, रूसी र युक्रेनीहरूलाई हामीले गाडिएको अवस्थामा पनि देख्यौं’ एक परिवारले बताएका छन्।

किभ बाहिरको एउटा सानो शहर इरपिनका मेयरले दुई वयस्क र दुई बालबालिकालाई आफ्नो आँखै अगाडि गोली प्रहार गरेर हत्या गरेको आफूले देखेको बताएका छन्। ‘यो निर्दयता हो, तिनीहरू राक्षस हुन्,’ उनीहरूले भनेका छन्।

पश्चिमा सहयोगीहरूले रूसी अर्थतन्त्रलाई दबाउन र मस्कोलाई आक्रमण रोक्न दबाब दिन व्यवसाय, बैंक र अर्बपतिहरू विरुद्ध अभूतपूर्व प्रतिबन्ध लगाएका छन्। तर रूसी नेता भ्लादिमिर पुटिनले विश्वव्यापी प्रतिबन्धलाई युद्धको घोषणासँग तुलना गर्नुभएको छ। किभले युक्रेनी राज्यको भविष्यमाथि प्रश्न खडा गरिरहेको छ।

रूसमा पनि युक्रेन आक्रमणको बिरूद्ध विरोध प्रदर्शन जारी छ। असहमति व्यक्त गर्नेहरूलाई कठोर सजायको बावजुद जारी प्रदर्शनको क्रममा १० हजार भन्दा बढी मानिशहरूलाई गिरफ्तार गरिएको छ। सोमबारको लागि तय गरिएको रूसी–युक्रेनी वार्ताको तेस्रो चरणको अपेक्षा कम मात्र रहेको बताइन्छ।

युक्रेनी राजधानीमा, किभमा सेनाहरू अपेक्षित रूसी आक्रमणको लागि तयारी गरिरहेका छन्। रूसी सेना अगाडि बढ्ने बाटोमा विस्फोटकहरू रोप्ने काम गरिरहेका छन्। रूसी सेनाले बाटो पार गर्ने प्रयास गरे भने, युक्रेनीहरूले पुललाई उडाउँनेछन्। किभले पश्चिमलाई आफ्नो सैन्य सहयोग बढाउन आग्रह गरेको छ। मस्कोले युक्रेनका छिमेकीहरूलाई पनि सशस्त्र द्वन्द्वमा संलग्न हुन सक्ने भन्दै किभको सैन्य विमान होस्ट नगर्न चेतावनी दिएको छ।

पश्चिमी सहयोगीहरूले किभलाई बलियो बनाउन युक्रेनमा हतियार, गोलाबारुद र कोषहरू खन्याएका छन्। यूरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रमा शुक्रबार रूसले गरेको आक्रमणपछि युक्रेनको आणविक स्थलहरूको सुरक्षाको बारेमा पनि निरन्तर चिन्ता भइरेहेको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%