काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो १ लाख ३ हजारमा कारोबार भएको सुन आज आज एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो ।
यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको मूल्य दैनिक रुपमा बढ्न थालेको छ ।