१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

– २०७८ फाल्गुन २६

ग्लोबल आर्थिक

नेपाल राष्ट्र बैंकले आज मिति २०७८ फागुन २६ गते बिहिवार रु.१० अर्ब बराबरको १४ दिन अवधिको लागि रिपो जारी गर्ने भएको छ। बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या रहेकोले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट रु.१० अर्ब बराबरको रिपो जारी गरेर बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह (Inject) गर्न लागेको हो। राष्ट्र बैंकले गत फागुन १२ गते पनि १४ दिन अवधिको लागि रु.२० अर्ब बराबरको रिपो जारी गरेको थियो जुन आज परिपक्क हुँदैछ।

यस उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक वित्तिय संस्थाहरुले भाग लिन पाउनेछन् भने भाग लिने बैंक वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंक सँग अनिवार्य रुपमा माष्टर रिपर्चेज एग्रीमेण्ट (Master Repurchage Agreement) गरेको हुनुपर्नेछ।

मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१/६२ देखि बोलकबोलको मध्यमबाट रिपो तथा रिभर्स रिपो कारोबार नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीहरु बिच हुँदै आएको छ। रिपो बोलकबोल अन्तर्गत नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक वित्तिय संस्थाहरुलाई तरलता उपलब्ध गराउने गर्दछ।

फागुन २३ गते सम्म बैंक वित्तिय संस्थाहरुले रु.४,८९० अर्ब निक्षेप संकलन गरी रु.४,८९२ अर्ब कर्जा प्रवाह गरेका छन्। पौष महिनामा मात्र बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.१११ अर्बले बढेको थियो भने कर्जा प्रवाह रु.४७ अर्बले विस्तार भएको थियो। यस्तै, माघ महिनामा निक्षेप रु.२६ अर्बले घटेको थियो भने कर्जा रु.१२ अर्बले थप विस्तार थियो। फागुन लागे यता २३ दिनमा निक्षेप रु.१३ अर्ब र कर्जा रु.१९ अर्बले बढेको छ। निक्षेप संकलन वृद्धिको तुलनामा कर्जा प्रवाहमा वृद्धि बढी हुनु तरलता व्यवस्थापनमा समस्याको मुख्य कारण हो। बैंकिङ्ग प्रणालीमा तरलता असहजताको परिणाम स्वरुप फागुन यता बैंक वित्तिय संस्थाहरुले रु.१५.८९ अर्ब बराबरको Overnight रिपो तथा रु.७३०.१९ अर्ब बराबरको अस्थायी तरलता सुबिधा (SLF) लिएका छन् भने अन्तर बैंक व्याजदर ६.९९% कायम रहेको छ जुन व्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको अस्थायी तरलता सुबिधाको दर ७% नजिक रहेको छ।

यस्तै, फागुन १२ गते भएको रु.२० अर्ब बराबरको रिपोको बोलकबोलमा १८ बैंक वित्तिय संस्थाहरुले रु.६२.४० अर्बको लागि न्युनतम ६.१९९% र अधिकतम ६.९९% व्याजदर सहित आवेदन दिएका थिए। गएको ६ महिनामा महिनामा राष्ट्र बैंकले १२ पटक गरी रु.२६० अर्ब बराबरको रिपो जारी गरिसकेको भएतापनि बैंक वित्तिय संस्थाहरुको तरलता व्यवस्थापन सहज हुन सकेको छैन।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%