नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले भोली मिति २०७८ साल चैत्र ०१ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ। तसर्थ, आज मिति २०७८ साल फाल्गुन ३० गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीले लाभांशका लागि योग्य हुनुका साथै वार्षिक साधारण सभामा भाग लिन पाउने छन्।
इन्स्योरेन्सले मिति २०७८ साल चैत्र ०९ गते कम्पनीको २६औं वार्षिक साधारण सभा डाकेको छ।
नेको इन्स्योरेन्सले साधारण सभाको प्रस्तावमा आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ३१ करोड ७४ लाख ३२ हजारको १५% अर्थात रु.१९ करोड ७६ लाख १४ हजार ८ सय बराबरको बोनस तथा ०.७९% अर्थात रु.१ करोड ४ लाख ०७ हजार ७ सय १२.८० बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ।