नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आर्थिक बर्ष २०७७/७८ को लागि शेयरधनीहरुलाई ११% बोनस शेयर र ०.५७८९% नगद लाभांश (कर प्रायोजनार्थ) गरी कुल ११.५७८९% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ चैत्र ७ गते सोमवार अपरान्ह ७:०५ बजे बसेको संचालक समितिको १६औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब २४ करोड २३ लाख ३८ हजहजार ५ सय ६४ को ११% अर्थात रु.१३ करोड ६६ लाख ५७ हजार २ सय ४२ बराबरको बोनस शेयर तथा ०.५७८९% अर्थात रु.७१ लाख ९२ हजार ४ सय ८६ बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।