कुलमानको असक्षमता, अप्ठ्यारोमा उद्योगीलाई थपियो बिजुलीको पीडा

– २०७८ चैत्र ९

ग्लोबल आर्थिक

विद्युत् संकट समाधान गरी वाहवाही कमाएको नेपाल विद्युत् प्राधिकरणले २४ घण्टादेखि औद्योगिक करिडोरहरुमा विद्युत् आपूर्ति बन्द गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमै पर्याप्त विद्युत् उत्पादन भएको र विद्युत्को आन्तरिक खपत बढाउन तथा निर्यातका लागि पहल गरिरहेको बताइरहेका बेला २४ घण्टादेखि उद्योगहरु ऊर्जा अभावमा बन्द छन् । 

भारतीय बजारबाट महँगो विद्युत् किन्न नसकिने स्थिति सिर्जना भएपछि प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको छ । यद्यपि, औद्योगिक करिडोरमा अझै केही समय आफैं व्यवस्थापन गर्न भनिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेका बेला उद्योगहरुलाई प्राधिकरणले विद्युत् रोकेको छ भने घरयसी विद्युत् आपूर्ति पनि अनियमित बनाउँदै लगेको छ । 

केही दिनअघिसम्म घिसिङले उद्योग–उद्योग पुगेर बिजुली दिने बताइरहेका थिए ।

तर, अहिले औद्योगिक नगरीका उद्योगहरुले नै मंगलबार बेलुकाबाट बिजुली पाएका छैनन् । प्राधिकरणले सूचनासमेत नदिई धमाधम बिजुली काट्दा उद्योगहरु ठप्प छन् । 

बजारमा बिजुलीको माग १४५० मेगावाट रहे पनि हाल ७०० मेगावाट मात्रै आपूर्ति भइरहेको छ । मागको ५० प्रतिशत कटौती हुँदा प्राधिकरणले सबभन्दा पहिले उद्योगहरुमा जाने बिजुली काटेको हो ।

प्राधिकरणले पूर्वसूचना नै नदिई वीरगन्ज, भैरहवा, विराटनगर, इटहरीलगायतका औद्योगिक क्षेत्रमा लाइन काटिदिएपछि उद्योगीहरु आक्रोशित भएका छन् । अहिले टनकपुरबाट मात्रै दैनिक ८० मेगावाट बिजुली आइरहेको छ । टनकपुरसँग नेपाल सरकारको एक्सचेन्ज सिस्टम भएकाले त्यहाँबाट मात्रै न्यून मात्रामा बिजुली आयात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजेशकुमार अग्रवालका अनुसार भैरहवा औद्योगिक क्षेत्रमा मंगलबार बेलुका ७ बजेर ५० मिनेटदेखि गएको बिजुली अहिलेसम्म आएको छैन । ‘के–कति कारणले गएको हो ? त्यसका बारेमा अहिलेसम्म उद्योगीलाई जानकारी गराइएको छैन’, अग्रवालले भने, ‘पूर्वजानकारीबिना यसरी लाइन काट्दा उद्योगीले आवश्यक तयारीसमेत गर्न पाएनन् ।’ 

त्यसैगरी वीरगन्जमा मंगलबार बिहानदेखि गएको बिजुली २४ घण्टापछि ९ बजे मात्रै आएको छ । प्राधिकरणले लोडसेडिङको तालिका पठाइदिए त्यहीअनुसार उद्योग चलाउने उद्योगीहरुको भनाइ छ ।

भारतीय बजारमा प्रतियुनिट बिजुलीको मूल्य ३५ रुपैयाँ पुगेपछि त्यसलाई किनेर नेपालमा बेच्न नसक्ने भएपछि आयात ठप्प भएको हो । अहिले त्यसको असर औद्योगिक उत्पादनमा परेको छ । 

उद्योगीहरु अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यवृद्धिका कारण आर्थिक संकटमा थिए । बैंकको ब्याज दोहोरो अंकमा पुगेपछि उनीहरु थप समस्यामा परे । त्यसका अलवा थप लगानी गर्न बैंक नदेखिएपछि आर्थिक गतिविधि नै सुस्त हुन थाल्यो । यही बेला बिजुली कटौतीले पीडामाथि पीडा थपेको विराटनगरका उद्योगी महेश जाजु बताउँछन् । 

पेट्रोलियम पदार्थको मूल्य आकासिएका बेला डिजेल वा फर्नेक्स आयलबाट जेनेरेटर चलाउन नसकिने उद्योगीहरु बताउँछन् । अहिले प्रतिलिटर फर्नेक्स आयलको मूल्य १२० रुपैयाँ पुगेको छ । डिजेलको मूल्य १४० रुपैयाँ छ । यस्तो अवस्थामा जेनेरेटर प्रयोग गरी उद्योग चलाउन असम्भव रहेको उद्योगी राजेश अग्रवालले बताए । 

‘देशमा लोडसेडिङ अन्त्य भएपछि उद्योगीहरुले जेनेरेटर उद्योगबाटै हटाइसकेका छन् । प्राविधिकहरु पनि राखेका छैनन्’, अर्का उद्योगी शशिकान्त अग्रवाल भन्छन्, ‘आजको आजै थन्क्याएको जेनेरेटर ल्याएर चलाउने अवस्था पनि छैन ।’

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%