नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेड (NSLB) को आर्थिक वर्ष २०७७/७८ को १३औं वार्षिक साधारण सभा मिति २०७९ वैशाख १० गते हुने भएको छ।
कम्पनीको मिति २०७८ चैत्र १२ गते शनिवार बसेको संचालक समितिको ३५औं बैठकको निर्णयानुसार लघुवित्तको १३औं वार्षिक साधारण सभा आगामी २०७९ वैशाख १० गते दिउँसो ३ बजे प्रधान कार्यालय, धुलिखेल काभ्रेपलान्चोकबाट भर्चुयल (Virtual) रुपमा गर्ने निर्णय गरेको हो।
यस्तै, कम्पनीले घोषणा गरेको २०% लाभांश तथा वार्षिक साधारण सभा प्रायोजनको लागि चैत्र २३ देखि २०७९ वैशाख १० गते सम्म शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरिने भएको छ।
तसर्थ, मिति २०७८ चैत्र २२ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्न सक्नेछन्।
यस्तै, अघिल्लो वार्षिक साधारण सभामा नै छलफल गरिएको थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने सम्बन्धी विषयमा पनि छलफल गरिने छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा रु.११६ अंकित दरका ३ लाख २९ हजार ६ सय ४९ कित्ताले हुन आउने रु.३ करोड ८२ लाख ३९ हजार २ सय ८४ बराबरको FPO निष्काशन गर्न अनुमति माग गरेको छ।