विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड (WNLB) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११% बोनस र ०.५% नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ११.५% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ चैत्र १३ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको ८/०७८/७९औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.६ करोड १५ लाखको ११% अर्थात रु.६७ लाख ६५ हजार बराबरको बोनस शेयर तथा ०.५% अर्थात रु.३ लाख ३८ हजार २ सय ५० बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।