नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नविल बैंक (NABIL) सहित तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नविल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नविल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३३.६० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को पनि ९ लाख ७३ हजार ३४५.४७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को पनि २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ३२.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।