दोहोरो अंकले घट्यो नेप्से, यस्तो छ जानकारको भनाई

– २०७८ चैत्र १५

ग्लोबल आर्थिक

काठमाण्डौ । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। 

बजार आज १४.२६ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५२७.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले घटेर ४७१.९३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने घटेर १ अर्ब ७५ करोड रुपैयाँको भएको छ।

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आज सप्लाई घटेको बजारमा बटम लागेको बताउँछन्। ‘अब घट्नेक्रम लगभग रोकिन्छ’, उनले भने, ‘खरिदका लागि मौका छ।’

सरकारलाई दबाब रहेकोले वैशाखमा ब्याजदर घट्न सक्ने कार्कीको भनाइ छ। ‘अहिले बजारमा करेक्सन हुने समय नै हो’, उनले भने, ‘आजको भोलुम हेर्दा कुनै पनि बेला बजारले यूटर्न लिन सक्ने सम्भावना देखिन्छ।’

चुनावी महौल सुरु भएसँगै बजारमा पैसा आउने र तरलता पनि सहज हुँदै जाने कार्कीको भनाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी अहिले ब्याज तिर्ने समय भएको बजारमा बिक्रीचाप परेको बताउँछिन्। ‘बजार साइडवेजमा चलेको छ’, उनले भनिन्। 

सरकारले गर्ने खर्च बढिरहेकोले वैशाखबाट बजार लयमा फर्किन सक्ने तिवारीको भनाइ छ। ‘बजार घट्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भनिन्, ‘अहिले किन्ने मौका छ, राम्रा र बलिया कम्पनी उठाउँदा फाइदा हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ।

यो दिन होटेल तथा पर्यटन समूहमात्रै ०.८३ प्रतिशतले उकालो लागेको हो।

आज जीवन बीमा समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.९९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.६ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.७४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.६९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र लगानी समूहमा ०.१ प्रतिशतको गिरावट आएको छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%