सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड (SIL), आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड (ACLBSL) र प्रभु ईन्स्योरेन्स लिमिटेड (PRIN) ले लाभांश तथा वार्षिक साधारण सभा प्रायोजनका लागि मिति २०७८ साल चैत्र १७ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दै छ। तसर्थ, आज चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई तिनवटै कम्पनीको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांशका लागि योग्य हुनेछन्।
सिद्धार्थ इन्स्योरेन्सले २०औं वार्षिक साधारण सभा आगामी २०७८ चैत्र ३० गते बुधवार बिहान १०:३० बजे नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा गर्ने भएको छ। कम्पनीले १५.७८९५% लाभांश प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ जसमा १५% बोनस शेयर छ भने ०.७८९५% नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
आरम्भ चौतारी लघुवित्तले वार्षिक साधारण सभा चैत २७ गते बिहान ११:०० बजे बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा गर्ने भएको छ। लघुवित्तले २१% बोनस शेयर लाभंश प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ। यसै आ. व. मा साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूंजी रु.३० करोड ६९ लाख १ सय ४८ मा समेत समायोजन गरी लाभांश प्रदान गरिने छ।
प्रभु ईन्स्योरेन्सले चैत ३० गते बिहान ११:०० बजे प्रभु कम्प्लेक्स तीनकुनेमा वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले ११% बराबरको बोनस शेयर र ०.५८% नगद लाभांश (कर प्रयोजनार्थ)२६ औं साधारण सभाको प्रस्तावमा पेश गर्ने भएको छ।