प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले २०औं वार्षिक साधारण सभा र लाभांश प्रयोजनार्थ भोली मिति २०७८ साल चैत्र २४ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आज चैत्र २३ गतेसम्म कारोबार गरी कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिनु साथै लाभांशका लागि योग्य हुन सक्नेछन्।
इन्स्योरेन्सले २०औं वार्षिक साधारण सभा बैशाख ११ गते दिउसो १२:३० बजे दियालो लर्डस प्लाजा, बिरगंजमा डाकेको छ।
सभामा प्रस्ताव स्वरुप आर्थिक बर्ष २०७७/७८ को नाफाबाट इन्स्योरेन्सले चुक्ता पूँजी रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० को ७% बराबरले बोनस शेयर र त्यसमा लाग्ने कर प्रायोजनका लागि ०.३६८% को नगद लाभांश पेश गरेको छ।
प्रस्तावित लाभांश साधारण सभाबाट पारीत भएपश्च्यात मात्र योग्य शेयरधनीले पाउने छन्।