सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७९ साल बैसाख ०२ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ।
लघुवित्तले रु.१०० अंकित मुल्यको कुल ३ लाख ९५ हजार ३३६ कित्ता मध्ये जारी पूँजीको ०.५०% अर्थात ६ हजार ८२ कित्ता साधारण शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी तथा ५% अर्थात १९ हजार ७६६ कित्ता साधारण शेयर सामुहिक लागानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।
निष्काशन मिति छिटोमा २०७९ साल बैशाख ०२ गतेबाट बैशाख ०६ गते बैंकिङ्ग समयसम्म रहने छ भने सो अवधीसम्म शेयर बिक्री नभएमा सो निष्काशन बैशाख १६ गतेसम्म लम्बिने छ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन।
कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।