आशा लघुवित्त वित्तिय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा १२.४१% ले बढि रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकाले कम्पनीको प्रति शेयर आम्दानी भने रु.५३.२९ बाट घटेर रु.४७.९२ कायम हुन आएको छ।
व्याज आम्दानीमा उलेख्य ५२.०६% को वृद्धि, खुद व्याज आम्दानीमा ३१.८७% को वृद्धि तथा संचालन नाफामा १३.०७% को वृद्धिले गर्दा कम्पनीको खुद नाफामा उलेख्य वृद्धि आएको हो।
रु.३३.३९ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ४२.२३% ले वृद्धि भएर रु.२१.८३ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ६५.४०% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.५५.२२ करोड कायम भएको छ। शेयरधनीकोष बढे सँगै प्रति शेयर किताबी मुल्य पनि रु.१५७.४७ बाट बढेर रु.१६५.४० कायम हुन आएको छ।
त्यस्तै, राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले व्यवसाय तर्फ राम्रो प्रगति गरेको छ। लघुवित्तले तेश्रो त्रैमासमा ग्राहक सदस्य हरु बाट रु.१.६४ अर्ब निक्षेप र विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.२.८० अर्ब कर्जा सापट गरी कुल रु.४.४५ अर्ब पूंजी परिचालन गरी रु.५.०१ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ३४.७२% र ३७.७७% को वृद्धि रहेको छ।