सिवाईसी नेपाल लघुवित्त वित्तिय लिमिटेडले मिति २०७९ वैशाख २ गते देखि ६ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) को बाँडफाँट मिति २०७९ वैशाख १५ गते बिहिवार बिहान ९:०० बजे, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यलय ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा हुने भएको छ।
सिडिएससी बाट प्राप्त जानकारी अनुसार अन्तिम दिन सम्ममा २२ लाख ७७ हजार ७ सय ४३ जना आवेदकले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ६९.५२ गुणा बढी हो। यस अनुसार ३६ हजार ९ सय ४० जना आवेदकले १० कित्ताको दरले र ८ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।
कम्पनीको जारी पूंजी रु.१२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ को ३२.५०% ले हुन आउने रु.३ करोड ९५ लाख ३३ हजार ६ सयको प्रति शेयर रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर मध्ये १९ हजार ७ सय ६६ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ६ हजार ८२ कित्ता अर्थात १.५४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४ सय ८८ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो।
हाल ४८ जिल्लामा ७३ वटा शाखा कार्यालयहरु बाट ३४९ जना कर्मचारीहरु परिचालन गरी ६३,५८० ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने रु.३.९५ करोड बराबर रकमको १०% अर्थात रु.३९.५३ लाख शाखा विस्तार गर्नमा उपयोग गर्नेछ भने बाँकी रु.३.५५ करोड पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार र सेवा कर्जा र साना तथा घरेलु उद्योग कर्जा प्रवाह गर्नमा उपयोग गर्नेछ।