काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
मन्त्रिपरिषद्को निर्णयमा हाललाई परीक्षणका रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने उल्लेख छ।
नेपाल आयल निगम समेतको सुझावका आधारमा मन्त्रिपरिषदमा यो विषय विचाराधीन रहेको थियो। सोही सुझावलाई मन्त्रिपरिषदको बैठकले परीक्षणका रुपमा कार्यान्वयन गरेको हो।
सातामा दुई दिन बिदा दिने निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुने सरकारको विश्वास छ।