सरकारले नै साढे १२ प्रतिशतसम्म ब्याज तिरेर आन्तरिक ऋण उठाउदै, नागरिक बचतपत्रको ब्याजदर नै ११ प्रतिशत पुग्यो

– २०७९ बैशाख १९

ग्लोबल आर्थिक

सरकारले नेपाल राष्ट्र बैंक मार्फत उठाउने आन्तरिक ऋणको ब्याजदर बढ्दै गएको छ। केन्द्रिय बैंकले प्रकाशित गरेको चाैथो त्रैमासमा उठाइने आन्तरिक ऋणको बोलकबोल तालिकामा साढे १२ प्रतिशतसम्म ब्याज दिने उल्लेख छ।

अहिले बैंकिङ्ग क्षेत्रमा तरलताको चरम अभाव रहेको कारण केन्द्रिय बैंकले महँगो ब्याजदरमा नै आन्तरिक ऋण उठाउन लागेको हो। महँगो ब्याजदरमा आन्तरिक ऋण उठाउँदा सरकारलाई भने ब्याज भार बढी पर्ने भएको छ।

गत वर्ष बैंकिङ्ग प्रणलीमा अधिक तरलता हुँदा केन्द्रिय बैंकले सस्तो ब्याजदरमा  यस्तो ऋण उठाएको थियो तर अहिले तरलता अभावको कारण बैंकहरुको समेत ब्याजदर बढ्दै गएको अवस्थामा महँगो ब्याजदरमा नै आन्तरिक ऋण उठाउन लागेको हो।

राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएकाहरुले आवेदन गर्न पाउने बैदेशिक बचतपत्रमा साढे १२ प्रतिशतसम्म ब्याजदर दिने भएको छ। केन्द्रिय बैंकले चौथो त्रैमासको आगामी असारमा जारी गर्ने ५० करोड रुपैयाँको बचतपत्रमा १२.५ प्रतिशत ब्याज दिनेभएको हो। केन्द्रिय बैंकले यो बचतपत्र आगामी ५ वषको लागि जारी गर्न लागेको हो। यो बचतपत्रमा पाँच वर्षसम्म १२.५ प्रतिशतका दरले ब्याज पाइने छ।

केन्द्रिय बैंकको तथ्याँक हेर्दा आर्थिक वर्ष २०६७र६८ यता बैदेशिक रोजगार बचतपत्रको ब्याजदर अधिकतम १०.५० प्रतिशत सम्म मात्रै पुगेको छ। तर अहिले तरलता अभाव चर्किएको कारण यस्तो बचतपत्रको ब्याजदर बढाएको हो।

यस्तै सर्वएसाधारण नागरिकले समेत भर्न पाउने नागरिक बचतपत्रमा पनि केन्द्रिय बैंकले ११ प्रतिशत ब्याज दिने जनाएको छ। केन्द्रिय बैंकले चौथो त्रैमासमा ३ अर्ब रुपैयाँभन्दा धेरैको बचतपत्र जारी गर्ने छ। यसको अवधि पाँच वर्षको रहने छ। केन्द्रिय बैंकले जारी गर्ने उक्त बचतपत्र खरिद गर्दा आगामी ५ वर्षसम्म ११ प्रतिशत ब्याज पाइने छ।

गैर–बैंकिङ क्षेत्रबाट आन्तरिक बचतको अधिकतम परिचालन गर्न मौद्रिक उपकरणको संख्यामा कमी रहेको महशुष गरी केन्द्रिय बैंकले आर्थिक वर्ष २०५८/५९ देखि नागरिक बचतपत्र निष्काशन गरेको थियो।

गत वर्ष सम्म नागरिक बचतपत्रको ब्याजदर ९ प्रतिशत थियो भने बैदेशिक बचतपत्रको ब्याजदर १० प्रतिशत थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागरिक बचतपत्रको ब्याजदर १० प्रतिशत पुर्याएको थियो भने चौथो त्रैमासमा थप १ प्रतिशतले बढाएको छ।

अहिले वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। यसमा रेमिट्यान्स खातामा १ प्रतिशत अतिरिक्त ब्याज गरी कुल १२.०३ प्रतिशत ब्याज दिन्छन्। बैंकहरुको ब्याजदर समेत बढ्दै गएको अवस्थाममा केन्द्रिय बैंकले पनि वाणिज्य बैंकको मुद्दति निक्षेपको ब्याजदरकै हाराहारीमा बचतपत्रहरु बिक्री गर्ने तयारी गरेको हो।

पछिल्लो समय केन्द्रिय बैंकले पनि ब्याजदर बढाउदै लगेको अवस्था छ। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षमा नै केन्द्रिय बैंकले स्थायी तरलता अनुपात लगायतका सापटि उपकरणको ब्याजदर बढाएर ७ प्रतिशत पुर्याएको थियो भने अहिले आन्तरिक ऋण उठाउन प्रयोग गरिने विभिन्न उपकरणहरुको ब्याजदर समेत बढाउदै लगेको छ।

सरकारले चालु आर्थिक वर्षका कुल २ खर्ब ३९ अर्ब रुपैयाँ अन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसमा १ खर्ब ५ अर्ब रुपैयाँ ट्रेजरी विल्सको बिक्रीबाट,१ खर्ब २९ अर्ब ५० करोड विकास ऋणपत्रको बिक्रीबाट, ४ अर्ब रुपैयाँ नागरिक बचतपत्रको बिक्रीबाट र ५० करोड रुपैयाँ बैदेशिक रोजगार बचतपत्रबाट उठाउने लक्ष्य थियो।

यसमा अझै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन बाँकी नै छ। चौथो त्रैमासमा केन्द्रिय बैंकले ५५ अर्ब रुपैयाँको ट्रेजरी विल्स विक्री गर्ने छ जसमा १० अर्ब रुपैयाँको यस अघिनै बिक्री गरिसकेको छ। ७५ अर्ब रुपैयाँँ विकास ऋणपत्रको बिक्री गरेर उठाउने छ भने ३ अर्ब ३ करोड रुपैयाँ नागरिक बचतपत्रको बिक्रीबाट र ५० करोड रुपैयाँ बैदेशिक रोजगार बचतपत्रको बिक्रीबाट उठाउने छ।

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%

Market Summary
Total Turnover Rs: 1,976,076,732.34
Total Traded Shares 6,107,425
Total Transactions 47,285
Total Scrips Traded 267

SYMBOL CURRENT CHANGED
NEPSE 1,963.55 4.93%
Sensitive 373.71 5.14%
Float 137.61 5.17%
Sen. Float 124.51 5.44%
Banking 1,274.74 5.46%
Trading 2,205.73 3.97%
Hotels And Tourism 3,347.52 3.67%
Development Bank 3,646.79 5.74%
Hydropower 2,572.20 4.91%
Finance 1,689.99 6.84%
Microfinance 3,553.73 5.11%
Non-Life Insurance 8,728.46 4.09%
Life Insurance 9,735.86 4.76%
undefined NaN NaN%
Manu.and Pro. 4,624.13 4.95%
Others 1,452.29 3.38%
Mutual Fund 13.80 2.87%
Investment 65.96 4.25%