दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लम्जुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि मिति २०७९ वैशाख १३ गतेदेखि १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेकोमा आवेदन दिने आज मिति २०७९ जेष्ठ ०५ गते अन्तिम दिन रहेको छ।
कम्पनीको विद्यमान जारी पूँजी रु.१,०५,४२,६०,४०० (अक्षरेपी एक अर्ब पाँच करोड बयालीस लाख साठी हजार चार सय मात्र) को १०% अर्थात रु.१०,५४,२६,००० (अक्षरेपी दस करोड चौवन्न लाख छब्बिस हजार मात्र) रकम बराबरको रु.१०० अंकित दरको १०,५४,२६० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१-८) गा.वि.स) लागी निष्काशन गरिएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १०,००,००० कित्तासम्म सम्बन्धित संकलन केन्द्र (ग्लोबल आइएमई बैक लिमिटेड- सेराबजार, सिद्धार्थ बैंक लिमिटेड- बेसीशहर, कामना सेवा विकास बैंक लिमिटेड-बेसीशहर, मक्तिनाथ विकास बैंक लिमिटेड- बेसीशहर, एनएमबि बैंक लिमिटेड- बेसीशहर शाखा) हरुमा गई दरखास्त फारम मार्फत आवेदन दिन सक्नेछन। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।