नबिल बैंक लिमिटेड (NABIL) को २०७९ साल जेष्ठ ०७ गते बिहान ११:०० बजे सिल्भर ओक ब्याङ्क्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बसेको बिशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकको १०० कित्ता बराबर ४३ कित्ता (१:०.४३) शेयर प्रदान गरी प्राप्ति (Aquisition) गर्ने बिशेष प्रस्ताव पारित गरेको छ।
सभामा संस्थाको सम्पत्ति, दायित्व तथा कारोवार मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) बमोजिम दुई बैंकको स्वाप रेसियो निर्धारण गरिएको हो।
साथै, सभाले मुक्यांकनकर्ताको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Audit), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Arrangement) लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्नुका साथै प्रस्ताव बमोजिमको प्रबन्धपत्रमा संशोधन र प्राप्ति संग सम्बन्धीत सम्पुर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ।